दफा ६०ख
मुद्दाको अनुसन्धान, तहकिकात र दायरी
(१) यस ऐन अन्तर्गतका कसूरको अनुसन्धान तहकिकात गर्न महानिर्देशक वा भन्सार कार्यालयको प्रमुखले भन्सारको कुनै कर्मचारीलाई अनुसन्धान अधिकृत तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा तत्काल प्राप्त प्रमाणबाट अभियोग लागेको व्यक्ति कसूरदार देखिएमा निजलाई यस ऐन बमोजिम हुन सक्ने कैद, जरिबाना बापतको रकम र बिगो समेत असुल गर्नुपर्नेमा त्यस्तो बिगो बराबरको रकम समेतको नगद धरौटी माग गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम माग गरेको नगद धरौटी दाखिला नगरेमा अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख सक्नेछ ।

(४) अनुसन्धान अधिकृतले अनुसन्धान तहकिकातको “मुद्दासँग सम्बन्धित व्यक्ति पक्राउ परेको मितिले पच्चीस दिनभित्र अनुसन्धान सम्पन्न गरी दफा ५७. को उपदफा (१ग) र (१घ) बमोजिम सजाय हुने मुद्दाको हकमा सरकारी वकीलको राय लिई मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नुपर्नेछ ।